७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आइएमई पे’ नेपालको सबैभन्दा सुरक्षित र भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल

नागरिक पोष्ट

शनिबार, २६ श्रावण २०८१

3418 views

3418 views

आइएमई पे’ नेपालको सबैभन्दा सुरक्षित र भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल

काठमाडाैं, २६ साउन । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ ।

यो प्रमाणीकरणबाट ‘आइएमई पे’ले नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सेवाग्रहीको व्यक्तिगत जानकारी तथा विवरणको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

यो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि ‘आइएमई पे’ले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुर्‍याएर नवीकरण गरेको छ । ‘आइएमई पे’ल अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

‘आइएमई पे’ले मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत ‘आइएमई पे’ले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?