७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नागरिक लगानी कोषकाे कूल आम्दानी ५.२५ प्रतिशत र ब्याज आम्दानी १९.५५ प्रतिशतले वृद्धि

नागरिक पोष्ट

शुक्रबार, २५ श्रावण २०८१

2636 views

2636 views

नागरिक लगानी कोषकाे कूल आम्दानी ५.२५ प्रतिशत र ब्याज आम्दानी १९.५५ प्रतिशतले वृद्धि

काठमाडाैं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो वर्ष २०८९\८० मा कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जसअनुसार गत वर्ष काेषाकाे खुद नाफा अघिल्लाे वर्षकाे तुलनामा ९.९० प्रतिशतले घटेकाे हाे ।

यता कोषको कूल आम्दानी ५.२५ प्रतिशत र ब्याज आम्दानी १९.५५ प्रतिशतले वृद्धि भएकाे छ । अघिल्लाे वर्ष १ करोड ८२ लाख रहेकाे काेषकाे कूल आम्दानी गत आवमा १ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको ब्याज आम्दानी ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ।

कोषको नाफासँगै प्रति सेयर आम्दानी पनि घटेको छ। २०.७५ रुपैयाँमा प्रति सेयर आम्दानी सीमित हुँदा प्रति सेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको छ। कम्पनीको ५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?