बिहीबार, २४ श्रावण २०८१
6087 views
6087 views
काठमाण्डाैँ । हामी जाइफलको प्रयोग हामी झोलिलो तरकारीहरूमा गर्ने गर्छौ । अझ मासुमा थोरै जाइफल मिसाइदिनुपर्छ, स्वाद र सुगन्ध दोब्बर हुन्छ । जाइफलको स्वाद तीतो र पिरो हुन्छ ।
यसले शरीरमा गर्मी उत्पन्न गराउँछ । जाइफलको धुलो मसला वा औषधिको रूपमा प्रयोग मात्र गरिँदैन ।
यसबाट तेल र परफ्युम पनि तयार गरिन्छ । जाइफलको प्रयोगले स्वास्थ्यलाई धेरै फाइदा गर्ने भएकाले आयुर्वेदमा यसलाई निकै बहु उपयोगी जडीबुटी मानिन्छ ।
यसको सेवन गर्नुका फाइदाहरू
–यसमा एन्टिअक्सिडेन्ट, एन्टिडायबेटिक, एन्टिहाइपरलिटी, एन्टि–इन्फाल्मेटरी र एनालजेसिक, माइलिस्टिसिन, ट्राइमाइ युजामोल रसायनिक तत्व पाइन्छ । साथै भिटामिन सी, बी, बी १२, सोडियम, पोटासियम, आइरन, म्याग्नेसियम र खनिज पनि प्रचुर मात्रामा पाइन्छ ।
–यसमा हुने एन्टि–हाइपरलिटी तत्वले (कोलेस्ट्रोल) बढेको अवस्थामा घटाउन काम गर्छ । एन्टि–इन्फाल्मेटरी र एनालजेसिक तत्वले दुखाइ र अङ्ग सुन्निएको कम गर्छ । र, एन्टि–डायबेटिकले शरीरमा ब्लड सुगर नियन्त्रण गर्छ ।
–यसको सेवनले थकान र तनाव कम गर्ने गरी मस्तिष्कलाई आराम दिन्छ । साथै यसले एकाग्रता पनि बढाउँछ ।
–दुखाइ निवारक जाइफल दुखाइ कम गर्न प्रयोग गर्न सकिन्छ । जाइफलको तेल जोर्नी दुखाइ, मांसपेशी दुखाइ र बाथरोगमा राहत पाउन उत्कृष्ट मानिन्छ ।
–नेपालमा शताब्दीयौं देखि अपचबाट छुटकारा पाउन जाइफलको प्रयोग हुँदै आएको छ । पखाला, कब्जियत र बान्ताको समस्या जाइफल खानु लाभदायक मानिन्छ । पेट फुल्ने समस्याबाट छुटकारा पाउन पनि जाइफलको प्रयोग गरिन्छ । यसले पेटको जुका मार्न एन्टिएलर्जीको रूपमा काम गर्छ ।
–जाइफललाई धुलोको रूपमा प्रयोग गरेर सासको दुर्गन्ध हटाउन सकिन्छ । यसमा हुने एन्टिब्याक्टेरियल गुणले मुखमा हुने कीटाणुलाई नष्ट गर्छ ।
–यसमा एन्टिएलर्जी गुण हुने भएकाले खोकी, दम पिनासको समस्यामा राहत दिन्छ । साथै, यसलाई पानीमा मिसाएर खाँदा जमेको खकार तथा सिँगान सफा गर्छ ।
–जाइफल घोटेर दूधमा मिसाई पिउनाले निद्रा लाग्छ ।