७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हिमालयन बैंककाे स्वयम्भु शाखा बालाजुमा स्थानान्तरण

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

2925 views

2925 views

हिमालयन बैंककाे स्वयम्भु शाखा बालाजुमा स्थानान्तरण

काठमाडाैं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट आज मिति २०८१ साल श्रावण २१ गते देखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गर्नुभएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?