७ कार्तिक २०८१, बुधबार

ताजा खबर

घट्याे वाणिज्य बैंकहरूकाे वितरणयाेग्य नाफा, ४ बैंकको लाभांश वितरण क्षमता शून्य

नागरिक पोष्ट

बुधबार, २३ श्रावण २०८१

4166 views

4166 views

घट्याे वाणिज्य बैंकहरूकाे वितरणयाेग्य नाफा, ४ बैंकको लाभांश वितरण क्षमता शून्य

काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिव्य बैंकहरूकाे वितरणयोग्य नाफा ५१.२८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षकाे असार मसान्तसम्म २० वाणिज्य बैंकहरूकाे वितरणयाेग्य नाफा ७ अर्ब ६२ करोड रहेकाे छ । अघिल्लो आर्थिक वर्षकाे असार मसान्तसम्म यस्ताे नापफा १५ अर्ब ६४ करोड ४५ लाख रूपैयाँ रहेकाे थियाे ।

जसअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अधिकांश वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमता घटेको छ भने चारओटा बैंकले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा, कुमारी, एनआईसी एशिया र हिमालयन बैंकको लाभांश वितरण क्षमता शून्य रहेको बैंकहरूकाे विवरणमा उल्लेख छ ।

विवरण अनुसार गत आवको नाफाका आधारमा एभरेस्ट बैङ्कले सबैभन्दा धेरै २९.८६ प्रतिशत लाभांश आफ्ना लगानीकर्तालाई दिन सक्ने सामथ्र्य राख्छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २६.५ प्रतिशत, कृषि विकास बैङ्कले १७.३७ प्रतिशत, नबिल बैङ्कले १४.२६ प्रतिशत, सिद्धार्थ बैङ्कले १०.७६, सानिमा बैङ्कले १०.४ प्रतिशत लाभांश दिन सक्छन् । सबैभन्दा कम लाभांश दिनेमा एनएमबी बैङ्क रहेको छ जसको लाभांश क्षमता केवल १.३ प्रतिशत मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?