७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने

नागरिक पोष्ट

शुक्रबार, १८ श्रावण २०८१

3792 views

3792 views

आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल एसेम्बल गर्ने भएको छ । एप्पलले आफ्नो उत्पादक साझेदार फक्सकनसँग मिलेर भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स उत्पादन गर्ने भएको हो ।

गत वर्ष भारतमा एप्पलका आईफोन १५ र १५ प्लस पनि उत्पादन भएका थिए । भारतको तामिल नाडु राज्यमा रहेको श्रीपेरुम्बुदुरमा रहेको फक्सकनको कारखानाले नयाँ मोडलका आईफोन उत्पादन गर्ने तयारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै मनीकन्ट्रोलले जनाएको छ ।


एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १६ बजारमा ल्याउने तयारी गरिरहेको छ। हरेक वर्ष एप्पलले भारतमा रहेका आफ्ना साझेदारसँग मिलेर उत्पादन क्षमता थप वृद्धि गर्दै लैजाने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?