७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गत एक वर्षमा वीरगन्ज भन्सारबाट ६ खर्ब रुपैयाँ बढीको आयात

नागरिक पोष्ट

शुक्रबार, १८ श्रावण २०८१

2602 views

2602 views

गत एक वर्षमा वीरगन्ज भन्सारबाट ६ खर्ब रुपैयाँ बढीको आयात

काठमाडाैं । गत एक वर्षमा वीरगन्ज भन्सार कार्यालयबाट  ६ खर्ब रुपैयाँ बढीको वस्तु तथा सामान आयात भएको छ । आर्थिक वर्ष २०८० /८१ मा ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो ।

यस्तै साे अवधिमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँ बराबरका नेपाली वस्तु नेपाल बाहिर निर्यात भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?