७ कार्तिक २०८१, बुधबार

ताजा खबर

शिक्षाकाे गुणस्तर बृद्वि गर्न शिक्षा जिवन उपयाेगी हुन आवश्यक छ , प्रीन्सिपल एटलान्टिक कलेज

नागरिक पोष्ट

बुधबार, १६ श्रावण २०८१

4370 views

4370 views

शिक्षाकाे गुणस्तर बृद्वि गर्न शिक्षा जिवन उपयाेगी हुन आवश्यक छ , प्रीन्सिपल एटलान्टिक कलेज

काठमाडौ ।   २००९ सालमा स्थापना भएको Atlantic International College ले पोखरा युनिभरसिटीवाट सम्बन्धन लिई BBA/BBA फाइनान्समा अब्बल विद्यार्थीहरु उत्पादन गर्न सफल हुनुका साथै पोखरा युनिभरसिटी अन्तर्गतका कलेजहरु मध्ये यस कलेज उत्कृष्टमा रहेको कलेज प्रमुख शंकर अधिकारीले बताउनु भएकाे छ । उहाँले Atlantic International College मा पढाउने शिक्षकहरु सवै एकेडेमीक हुनुका साथै आफै सञ्चालक र पढाउने भएका कारण विद्यार्थीले गुणस्तरीय र व्यवहारिक साथै जीवन उपयाेगी शिक्षा पाउने गरेको बताउनु भयो ।


Atlantic International College मा यसरी विद्यार्थीहरु उत्कृष्ट हुनुमा विद्यार्थीहरुलाई इन्टर्न अर्थात अभ्यास धेरै गराउनुका साथै अन्य व्यवहारिक ज्ञान दिने र सम्बन्धित बिषय पढेका विद्यार्थीहरुलाई बैकहरुसँग MOU गराएर समेत पढाई गराइएको अधिकारीको भनाइ छ । उहाँ आफै पनि कम्प्युटर ईन्जिनियर हुनुहुन्छ । उहाँले इच्छाशक्ति, जागर, सीप, क्षमता र इमानदारीताका साथ अनुसन्धानमूलक शिक्षा दिई आफ्ना विद्यार्थीहरुलाई अब्बल बनाउन र उत्कृष्ट नजिता ल्याउन सफल हुनु भएको हो ।  

कलेज प्रमुख अधिकारीले २०२३ सम्म BBA/BBA फाइनान्स मात्र पढाई हुने गरेता पनि २०२४ बाट MBA/MBA फाईनान्स पढाईरहेको बताउनु भएको छ । गएको १५ बर्षमा करिव २००० विद्यार्थी पास आउट भएका छन् जसमध्ये १९२ जना डिनले अवाडेर्ड गरेको छ ।  Atlantic International College मा पढेर पास आउट भएका ४० प्रतिशत विद्यार्थी नेपालका फाइनान्स, बैकहरुमा कार्यरत रहेको पाइन्छ । 

कलेज प्रमुख अधिकारी भन्नुहुन्छ, Atlantic International College का विद्यार्थीहरुलाई नेपालमा नै प्राक्टिकल गराई दक्ष बनायर नेपालमा नै रोजगार दिन सफल भएका छौं । उहाँले सकभर कुनै पनि कलेज पढ्ने विद्यार्थीहरु स्वदेश मै रोजगार गर्नु पर्छ भन्ने विचार व्यक्त गर्नु भएको थियो । 

त्यसैगरी कलेजको प्रशासनको व्यावस्थापन हेरीरहनु भएका दिनेश अधिकारीले कलेजको वातावरण अत्यन्तै शान्त, उत्कृष्ट रहेको बताउनु भएको छ । उहाँले शान्त र उत्कृष्ट ढंगवाट विभिन्न स्रोत साधनहरु सवै परिचालन गरी विद्यार्थीहरुलाई अनुशन्धानमूलक शिक्षा दिनको लागि राम्रो व्यवस्थापन गरेको बताउनु हुन्छ ।

उहाँले विद्यार्थीहरुलाई कलेजमा पढ्दादेखिनै प्रतिस्पर्धा कसरी गर्नुपर्छ ?  व्यवहारिक रुपमा अन्य बैकहरुसँग,फाइनान्सहरुसँग समन्वय गरेर दक्ष कसरी बन्न सकिन्छ भन्ने कुरालाई जोड दिदै आएको बताउनु हुन्छ । १५ बर्षको प्रगतिले Atlantic International College का विद्यार्थी उत्पादन गर्ने व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गरेको स्पष्ट देखिन्छ । उहाँले विद्यार्थीहरुलाई सवल बनाउनको लागि नविल बैकसँग MOU गरिसकेका छौ साथै अन्य बैकहरुसँग पनि MOU गर्ने तयारी भईरहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?