७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सुनको भाउमा रु १८ सयले बृद्धि, चाँदी पनि बढ्यो

नागरिक पोष्ट

बुधबार, १६ श्रावण २०८१

2840 views

2840 views

सुनको भाउमा रु १८ सयले बृद्धि, चाँदी पनि बढ्यो

काठमाडौं, १६ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १८ सय तथा चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको जनाएको छ ।


छापावाल सुनमा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४७ हजार १ सयमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?