८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नागरिक पोष्ट

मंगलवार, ८ श्रावण २०८१

3282 views

3282 views

डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । एआईजी उमेशराज जोशीले अनिवार्य अवकास पाएपछि दरबन्दी रिक्त थियाे । उक्त रिक्त दरबन्दीमा रामदत्तलाई बढुवा सिफारिस गरिएको हो।


उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्। हाल कार्यरत डीआईजीको बरियताको आधारमा समितिले उनलाई बढुवा सिफारिस गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?