८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्याे

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

3673 views

3673 views

साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्याे


  

काठमाडाैं, ३ साउन । साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५९. ६८ अंकले बढेर २४ सय २४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएकाे छ ।

आज कुल १४३ कम्पनीको सेयर मूल्य बढेकाे छने ९५ कम्पनीको मूल्य घटेकाे छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेकाे छ । फाइनान्स र डाइड्राेपावर समुह बाहे सबै समुह बढेकाे छ ।

यस दिन कारोबार भएको बजारमा कुल ३ सय १२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख माथिको सेयर कारोबार भएको छ ।

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लि., अंखुखाेला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था र थ्रि स्टार हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ ।

यस्तै बढेकाे बजारमा कुमारी सबल याेजनाकाे सर्वाधिक ५.७६ प्रतिशतले घटेकाे छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?