८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

महाङ्काल र गुरु पद्मसम्भवकाे प्रतीमा प्राण प्रतिष्ठान ह्राप्ने साधना पूजा गरिंदै

नागरिक पोष्ट

बिहीबार, ३ श्रावण २०८१

3061 views

3061 views

महाङ्काल र गुरु पद्मसम्भवकाे प्रतीमा प्राण  प्रतिष्ठान ह्राप्ने साधना पूजा गरिंदै

काठमाडौं । बौद्ध वडा नः६ मा महाङ्काल भगवान र गुरु पद्मसम्भवको भव्य प्रतिमा प्राण(प्रतिष्ठापन ह्राप्ने साधना पुजा हुने।

 नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत रहेको श्री बौद्धनाथ क्षेत्र विकास समिति द्धारा काठमाण्डौ महानगरपालिका वडा नं ६ बौद्धमा निर्मित महाङ्काल भगवान , गुरु पद्मसम्भवको प्रतिमा प्रतिष्ठापन पूजा गरिने भएको छ । यही साउन ५, ६, ८ र ९ गते महाङ्काल भगवानको प्रतिमा प्रतिष्ठापन साधना पूजा गरिने  श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभएको हो ।

अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा साउन २ गते बसेको बैठकमा छलफल भई यस कार्यक्रम सम्बन्धी निर्णय भएको अध्यक्ष लामाले जानकारी दिनुभयो  ।
 बैठकले उक्त पूजा सम्पन्न गर्नका लागि विकास समितिका पदाधिकारी, सदस्य र विभिन्न सरोकारवाला निकाय संघ–संस्थाहरु रहेनेगरि सहारोह समिति गठन गरि विभिन्न जिम्मेवारी समेत विभाजन गरेको छ ।

 पूजा कार्यक्रममा जिम्मेवारी सहित उपस्थित हुन समेत सो बैठकले सबैलाई आमन्त्रण गरेको छ । निर्धारित कार्यक्रमअनुसार साउन ५ गते शनिबार बिहान १० बजे श्रद्धेय गुरु नाम्खा रेन्पोचेबाट साधना राप्ने पूजा गर्दै बौद्ध महाङ्काल मूर्ति प्रतिष्ठापन पूजा सुरु हुने छ । त्यसैगरी, ६ गते आइतबार बिहान ९ बजे गुरु लोप्साङ नाम्गेल रेन्पोचेबाट श्रद्धेय गुरु पद्मसम्भव मूर्तिको साधना राप्ने पूजा हुने छ । 

यस्तै, ८ र ९ गते हिन्दू धर्म ,बौद्ध धर्म र बज्रचार्य गुरुहरुबाट परम्परा अनुसार गुरुहरुबाट महाङ्काल मूर्तिको प्राणप्रतिष्ठापन साधना पूजा हुने अध्यक्ष लामाले जानकारी दिनुभयो   । उहाले उक्त कार्यक्रममा   सहभागी हुन समेत  सबैलाई अनुरोध  गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?