८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

वनमा छाडिएका वृद्धको उद्धार

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

3248 views

3248 views

वनमा छाडिएका वृद्धको उद्धार

बेलबारी । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।

 

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए । “चार दिन अगाडि नै बीच जङ्गलमा लगेर छाडिदिएका रहेछन्, वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनु भएछ । हाल उहाँको उपचार भइरहेको छ”, उनले भने ।

वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए ।

बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आउनुभएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?