८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब ८ अर्ब रुपैयाँ बजेट खर्च

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

3928 views

3928 views

आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब ८ अर्ब रुपैयाँ बजेट खर्च

काठमाडौं, १ साउन । सरकारले आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब ८ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । कुल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको सरकारले गत वर्ष ८०.४५ प्रतिशत मात्रै खर्च गरेको हाे ।

गत वर्षको तुलनामा चालू वर्षको बजेट खर्च २० अर्ब रुपैयाँले कमी हो। गत वर्ष सरकारले १४ खर्ब २९ अर्ब रुपैयाँको बजेट खर्च गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत वर्षको तुलनामा यो वर्ष चालू खर्च घटेको छ।यो वर्षको चालू खर्चका लागि सरकारले ११ खर्ब ४१ खर्ब ७८ करोड ४१ लाख रुपैयाँ कूल बजेट छुट्याएकोमा सरकारले ९ खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खर्च भएको छ। वर्षभरीमा सरकारले ८३.४३ प्रतिशत चालू खर्च गरेको हो।

यस्तै चालू आर्थिक वर्षमा ६३.४७ प्रतिशत पुँजीगत खर्च गरेको छ। सरकारले चालू वर्षको पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याएकोमा १ खर्ब ९१ अर्ब ७३ करोड १६ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च भएको हो।

वित्तीय व्यवस्थापन तर्फ सरकारले ८६।०७ प्रतिशत खर्च गरेको छ। चालू वर्षमा वित्तीय व्यवस्थापन तर्फ सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड ३६लाख रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट २ खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?