८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

धरानमा नगरसभा नहुँदा बजेट शून्यता,रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व

नागरिक पोष्ट

मंगलवार, १ श्रावण २०८१

4387 views

4387 views

धरानमा नगरसभा नहुँदा बजेट शून्यता,रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व

धरान । धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूबीचको विवाद अझै जारी छ ।

 

२०७९ वैशाख ३० गते निर्वाचित भएका सबै जनप्रतिनिधिहरूसँग मेयर साम्पाङले समन्वय गर्न नसक्दा एकपछि अर्को समस्या थपिँदै छ ।

वडाअध्क्ष र कार्यपालिका सदस्यहरूले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सहमति जनाएपछि नगरसभाको तयारी भएको थियो । सोमबार हुने गरी नगरसभा तयारी भए पनि करारका कर्मचारीको सम्झौता थप्ने विषयमा विवाद हुँदा मंगलबारदेखि धरानमा बजेट शून्य अवस्था आइपरेको छ ।

आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि धरान उपमहानगरपालिकाको नगरसभा नभएपछि आजबाट त्यहाँ प्रशासनले कुनै किसिमको आर्थिक कारोबार गर्न नसक्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?