सोमबार, ३२ असार २०८१
4166 views
4166 views
काठमाडौं । टिकट बिनाका दर्शकको ओइरो लागेपछि पटकपटक समय सारिएको कोपा अमेरिकाको फाइनल प्रतिस्पर्धा सुरु भएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।
अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको परिस्थिति टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय सुरुमा आधा घण्टा र १५ मिनेट र त्यसपछि २० मिनेट गरेर पटकपटक सारिएको हो।
फाइनल भिडन्त नेपाली समयअनुसार बिहान ५ः४५ मा हुने तालिका थियो।
अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो
भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। यो टोली अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो।
अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।
अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।