१० कार्तिक २०८१, शनिबार

ताजा खबर

प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै

नागरिक पोष्ट

सोमबार, ३२ असार २०८१

2619 views

2619 views

प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।


एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् ।


प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?