१० कार्तिक २०८१, शनिबार

ताजा खबर

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी निवासमा

नागरिक पोष्ट

आईतवार, ३१ असार २०८१

2432 views

2432 views

नवनियुक्त प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी निवासमा

काठमाडौँ । आइतबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेका छन् ।

 

ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका हुन् । भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् ।

ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?