२३ भाद्र २०८१, आईतवार

ताजा खबर

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनको निन्दा

नागरिक पोष्ट

आईतवार, ३१ असार २०८१

1667 views

1667 views

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनको निन्दा

काठमाडौँ । अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणको निन्दा गरेका छन् ।

ट्रम्पमाथि गोली चल्दा डेलाभेयरमा रहेका उनले सबै अमेरिकीलाई एकजुट हुँदै आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका छन् ।


उनले भनेका छन्– ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन, यस्ता घटनाका दोषीलाई माफी गर्न सकिँदैन ।’

बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।


नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट ट्रम्पको दाहिने कानको माथिल्लो भागमा घाउ लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

गोली प्रहार गर्ने व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?