२ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दोस्रो पटक शर्मा र अधिकारी भिड्दै

नागरिक पोष्ट

शनिबार, ३० असार २०८१

4591 views

4591 views

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दोस्रो पटक शर्मा र अधिकारी भिड्दै

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वका लागि पुनः भविश्वर शर्मा र ध्रुव अधिकारी प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

यही असार ३१ गते हुन लागेको परिषद्को २८औं र २९औं बार्षिक साधारण सभा तथा निर्वाचनमा शर्मा र अधिकारी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । शर्मा परिषद्को वर्तमान अध्यक्ष हुन भने अधिकारी पूर्वमहासचिव ।

दुई बर्षे कार्यकाल रहने परिषद्को अध्यक्ष पदमा शर्मा र अधिकारीले उम्मेदवारी घोषणा गरि चुनावी प्रचारमा लागेका छन । आ–आफ्नो टिम निर्माणमा लागेका उनीहरुबीचको यसअघिको प्रतिस्पर्धामा २०४ मतको अन्तर भए पनि अहिले भने कडा प्रतिस्पर्धा हुने संभावना देखिएको छ ।

शर्माले ठमेल सुधारका अधुरा काम पूरा गर्न आफूले पुनः नेतृत्वको दावी गरेको बताएका छन् भने अधिकारीले ठमेलको विकास र पर्यटन प्रवर्द्धनका लागि शर्माले राम्रो काम गर्न नसकेकाले पनि आफ्नो नेतृत्व खड्किएको दावी गर्छन् । अधिकारी प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ९चरी०का दाई हुन भने शर्माले पनि ठमेलमा राम्रो पकड बनाउँदै आएका छन् ।

भविश्वर शर्मा नेतृत्वको समूहमा उपाध्यक्ष पदहरुमा सहदेव धमला, राजिब पाण्डे, चेतनाथ पुडासैनी, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुण्यराम लामेजु, कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी दिएका छन् ।

यस्तै, सदस्य पदमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाइँ, अमृत थोकर, सानुकाजी महर्जन, रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, अधिकारीको समूहमा उपाध्यक्ष पदमा कृष्ण थपालिया, महासचिवमा सोजेशमान मालाकारले उम्मेदवारी दिएका छन् । यस्तै, सदस्य पदमा बद्री अर्याल, सुदर्शन खनाल, लालबाबु चौधरी, रञ्जयमान प्रधान, जनक सिंह तामाङ, नविन तामाङले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?