९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिए

नागरिक पोष्ट

बुधबार, २७ असार २०८१

3163 views

3163 views

बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिए

काठमाडाैं, २६ असार । बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएकाे छ ।निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह न्युन हुँदा लगानीयोग्य पूँजी थुप्रिएको हाे ।

केन्द्रिय बैंकका अनुसार गत असार २० गतेसम्म बैंक, वित्तीय संस्थाहरूले कुल ६३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ७८ दशमलव ५९ प्रतिशतमा झरेको छ । ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधानअनुसार बैंकहरूसँग थप ७ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता देखिएको छ ।

देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष  २०८०/८१ को वैशाखसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोडले वृद्धि हुँदा कर्जा प्रवाह भने २ खर्ब २५ अर्ब २४ करोडले मात्र बढेको छ ।

कर्जा प्रवाह हुन नसकेपछि पछिल्लाे समय राष्ट्र बैंकले लचिलाे व्यवस्था अवलम्बन गरेकाे छ भने बैंकहरूले पनि ब्याजदर घटाउँदै गएका छन् । तर कर्जाकाे माग भने बढ्न सकेकाे छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?