३१ असार २०८१, आईतवार

ताजा खबर

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै

नागरिक पोष्ट

मंगलवार, २६ असार २०८१

1310 views

1310 views

दोहोरो अंकले बढ्यो नेप्से, लघुवित्तका लगानीकर्ताले कमाए धेरै

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्सेमा १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर कारोबार हुँदा नेप्से १५.७९ अंकले बढेको हो ।

मंगलबार नेप्सेमा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबारमा १६८ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ६८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै १० वटा कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।


आज नेप्सेमा भएको शेयर कारोबारमा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार आज भएको शेयर कारोबारमा धेरै कमाउने मध्येका टप टेन कम्पनी नै लघुवित्त रहेका छन् ।

त्यस्तै आजको कारोबारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल, नबिल ब्यालेन्स फन्ड–२ र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका