९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा २० प्रतिशतसम्म छुट

नागरिक पोष्ट

सोमबार, २५ असार २०८१

3401 views

3401 views

सिटिजन्स बैंकका ग्राहकलाई कावासोती हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडाैं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरको कावासोतीस्थित कावासोती हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?