९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

पौडी प्रतियोगिताको तयारी पूरा, ३५१ खेलाडी सहभागी हुने

नागरिक पोष्ट

बिहीबार, २१ असार २०८१

3282 views

3282 views

पौडी प्रतियोगिताको तयारी पूरा, ३५१ खेलाडी सहभागी हुने

काठमाडौं । नेपाल पौडी संघले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

 

आयोजक नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइनेछ ।

उक्त पौडी प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुनेछन् ।

संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसंगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागिता रहेको संघले जनाएको छ ।

संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।

यस प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले नेपालमा पौडी खेलाडीहरुको आकर्षणको केन्द्र मात्र हैन संघलाई यसको विकास र विस्तारमा थप जिम्मेवार पनि बनाएको संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?