१० कार्तिक २०८१, शनिबार

ताजा खबर

काँग्रेस एमालेबीच मध्यरातमा भएको सत्ता सहकार्य सहमतिमा नयाँ के छ ?

नागरिक पोष्ट

मंगलवार, १९ असार २०८१

5254 views

5254 views

काँग्रेस एमालेबीच मध्यरातमा भएको सत्ता सहकार्य सहमतिमा नयाँ के छ ?

काठमाडौं – प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो ।

शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ। दोस्रो चरणमा सभापति देउवा नेतृत्वमा सरकार बन्नेछ। देउवा नेतृत्वको सरकारले नै २०८४ को चुनाव गराउने छ।

सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ। साना दल सरकारमा सहभागी भएमा मन्त्रालयको संख्या घटबढ हुनेछ।

काँग्रेस एमालेबीच मध्यरातमा भएको सहमति ?

काँग्रेस र एमालेबीच सोमबार मध्य रातमा सत्ता समीकरणको सहमति भएको हो । सहमतिमा भागबण्डा पनि टुङग्याइएको छ । जस अन्तर्गत कोशी, लुम्बिनी, कर्णाली प्रदेश एमालेले लिदा बाग्मती, गण्डकी र सुदुरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्नेछ । मधेश सरकारको नेतृत्व मधेशी दललाई दिने तयारी छ ।

निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको छ । साना दलको साथ लिँदा दुई तिहाइसहित संविधान संशोधन सहज हुनेछ । पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?