मंगलवार, १९ असार २०८१
4506 views
4506 views
काठमाडाैं । असार दाेस्राे सातासम्म बैंकिङ प्रणालीको निक्षेप ६३ खर्ब नाघेको छ । केन्द्रीय बैंकका अनुसार गत बुधबारसम्म वाणिज्य बैंकहरुमा ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन भएको छ भने अन्य वित्तीय संस्थामा ७ खर्ब २१ अर्ब निक्षेप जम्मा भएको छ ।
यो अवधिमा कुल ५१ खर्ब ४५ अर्ब कर्जा लगानी भएको छ । जसमध्ये वाणिज्य बैंकहरुले ४५ खर्ब ५१ अर्ब तथा अन्य वित्तीय संस्थाले ५ खर्ब ९४ अर्ब कर्जा लगानी गरेका छन । यस अवधिमसम्म वित्तीय प्रणालीको सीडी रेसियो ७९.५१ प्रतिशतमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशतसम्म पुर्याएर कर्जा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । तर, बैंकहरुको कर्जा लगानी बढ्न नसक्दा सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कम छ ।
राष्ट्र बैंकका अनुसार असार १६ गते आइतबारसम्म बैंकिङ प्रणालीमा ८४ अर्ब २८ करोड ६९ लाख अधिक तरलता रहेको छ।