मंगलवार, १२ असार २०८१
3639 views
3639 views
काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । आज बिहान भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि दुवै टोली अंक बाँड्न बाध्य भएका थिए । यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् ।
अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ ।
आजै भएको समूहको पहिलो खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराएको थियो ।