७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

तारकेश्वरमा स्थायी बसोबास गर्ने तेश्रो लिङगीले मासिक ५ हजार भत्ता पाउने, नगरको निर्णय नेपालको स्थानीय निकायमै पहिलो

नागरिक पोष्ट

आईतवार, १० असार २०८१

5543 views

5543 views

तारकेश्वरमा स्थायी बसोबास गर्ने तेश्रो लिङगीले मासिक ५ हजार भत्ता पाउने, नगरको निर्णय नेपालको स्थानीय निकायमै पहिलो

 काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्र तेश्रो लिङ्गी भनेर कानून सम्मत पहिचान भएका स्थाई नगरवासीहरुलाई प्रोत्साहन स्वरुप मासिक रु ५ हजार प्रदान गरिने भएको छ ।तारकेश्वर नगरपालिकाको १५ औं नगरसभामा आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गदै नगरप्रमुख कृष्ण हरि महर्जनले उक्त घोषणा गर्नुभएको हो । समाजमा तेश्रो लिङ्गी समुदाय प्रति हेर्ने दुष्टीकोण नकारात्मक रहेका कारणले उक्त समुदाय पहिचान लुकाएर हिड्न बाध्य छन् ।


नेपालको संविधानको धारा ३८, धारा ४२ ले राज्यका निकायहरुमा समान सहभागीता र यौनिक तथा अल्पसंख्यक समुदायहरुलाई विभेद नहुने र विशेष कार्यक्रमहरु ल्याउन बाधा नहुने उल्लेख गरिएको छ । संविधानले परिकल्पना गरे अनुरुप नेपालमै पहिलो पटक तारकेश्वर नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ।
तारकेश्वर नगपालिकाको १५ औ नगरसभामा बोल्दै बाग्मती प्रदेश सभाका सदस्य ईं अमन मास्केले संविधानले परिकल्पना गरे अनुरुप तारकेश्वर नगरपालिकाले तेश्रो लिङगी समुदायलाई प्रोत्साहन स्वरुप भत्ता दिने व्यवस्था उदाहारणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ नेपालको संविधानले परिकल्पा गरेको कुरा पनि यस्तै हो, तेश्रो लिङ्गी समुदाय भित्र गरिबि र अभाव रहेको छ यस्तो व्यवस्थाले उनिहरुलाई थोरै भएपनि राहत पुग्नेछ”।

संविधानको धारा ४२ ले राज्यको सबै निकायमा समानुपातीक समावेशी हुने भनेपनी कानुन बनेने धारा ३८ ले सिमान्तकृत र यौनिक तथा अल्पसंख्यक नागरिकलाई बिभेदन नहुने र विशेष कार्यक्रम ल्याउन बाधा नहुने उल्लेख गरिएको छ ।तारकेश्वर नगरपालिकाले गरेको निर्णय बारेमा सगरमाथा पोष्ट डट कम संग प्रतिकृया दिंदै व्लुडाइमण्ड सोसाइटीका संस्थापक, मायाँको पहिचान नेपालका कार्यकारी निर्देशक एवं एशियाकै पहिलो समलिङगी सभासद सुनिल बाबु पन्तले नगरपालिकाको निर्णय निकै उदाहारणीय र प्रशंसनीय रहेको बताँउदै यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नयाँ सन्देश दिएको बताउनुभयो ।


तेश्रो लिङगी समुदायलाई मासिक रुपमा भत्ता दिने तारकेश्वरको निर्णय राष्ट्रिय र अन्तराष्ट्रिय रुपमानै सम्भबत पहिलोनै रहेको बताँउदै पन्तले तेश्रो लिङ्गी समुदायको हितको निम्ती आफ्नो २४ बर्षको अभियानमा यो नौलो र उदाहारणीय कार्यक्रमको रुपमा पाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?