आईतवार, १० असार २०८१
5424 views
5424 views
काठमाण्डौँ । अमेरिका बस्दै आएका सफल पौडेलले आफ्नो जन्मदिन रक्षा नेपालमा मनाएका छन् । रक्षा घरमा आश्रित छोरीहरुलाई शुक्रबार खाना खुवाएर जन्मदिन मनाएका हुन् ।
विगतका वर्षहरुमा पनि उनी अमेरिका बस्दै आएका भएपनि रक्षा नेपालसँग नजिक रहेको र आफ्नो जन्मदिमा दिदीबहिनीहरुलाई खाना खुवाउने गरेको उनी बताउँछन् । जन्म दिन मनाउन उनी आफ्नो बाबा, ममी, हजुरआमा र आफन्तहरुसँग रक्षा घर पुुगेका थिए । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेष्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । त्यहि खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आफ्नो छोराको जन्मदिन रक्षा नेपालमा मनाएको सफलका बाबा ममी (दिपक पौडेल र पुुजा गौतम ) ले बताए ।
रक्षा नेपालले यौन शोषणमा परेका बालिका, महिला र उनीहरुका बालबालिका, विशेष गरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानुनी सहयोग एक आत्मनिर्भरको प्रयास गर्दै आएको छ । यसको मुख्य लक्ष्य महिला र युवतीहरूलाई उनीहरूको ज्ञान, चेतना र सामाजिक आर्थिक स्थिति बढाएर बेचबिखन र यौन हिंसाबाट बचाउनु हो ।