बिहीबार, ७ असार २०८१
9062 views
9062 views
काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा अहिले वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दैछ।
टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो । विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन् ।
समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । वेस्ट इन्डिजले समूह चरणको पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिजले समूह ‘सी’को चौथो खेलमा अफगानिस्तानमाथि १०४ रनको शानदार जित निकालेको थियो।
बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।