७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चन्द्रागिरिबाट अब सिधै साँखु पुग्न सकिने, ६ नम्बर वडामा बन्यो बसपार्क

नागरिक पोष्ट

शनिबार, २ असार २०८१

6512 views

6512 views

चन्द्रागिरिबाट अब सिधै साँखु पुग्न सकिने, ६ नम्बर वडामा बन्यो बसपार्क

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित गुमाल्चोकीबाट पाँचपोखरी सुनौलो यातायात प्रा.लि.ले आजबाट बस संचालन गरेको छ ।


चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बसपार्क र बस सेवा संचालनको उद्घाटनको क्रममा नगरभित्र भएका अधिकांश सडकको अवस्था राम्रो भएकोले यातायात संचालनमा कुनै समस्या रहेको बताउनु भयो । उहाँले नगरबासीलाई जतिसक्दो सुविधा दिनु नगरको दायित्व भएकोले आजबाट संचालनमा आएको यातायातबाट नगरबासीले थप सुविधा पाएको दाबी गर्नुभयो । प्रमुख गिरीले नगरभित्र ७–८ वटा बसपार्क भएपनि वडाबासी एउटा वडाबाट अर्को वडामा जान अर्को यातायातको प्रयोग गर्नुपर्ने अवस्था अझै रहेको बताउनु भयो । उहाँले यहाँबाट संचालन हुने यात्रुबस नगरको एक मात्र सामुदायिक अस्पताल थानकोटसम्म पुर्याउन सके यहाँका जनताले अझ सेवा पाउने हुँदा बस गोदामसम्म पुर्याउने वातावरण तयार गर्न यातायात व्यवसायीसँग आग्रह गर्नुभयो । नगरपालिकाले जनताको सुविधाको लागि यातायात व्यवसायीसँग सहकार्य गर्दै अघि बढिरहेकोले व्यवसायीलाई नगरसँग सहकार्य गरी अघि बढ्न सुझाव दिनुभयो ।

यसैगरी चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले वडा नम्बर ६ का जनताका लागि यात्रुबस संचालन ठूलो अवसर र सुविधा भएको बताउनु भयो । उहाँले सुनौलो यातायातले नाम अनुसारको सेवा दिन सकोस् भन्दै शुभकामना समेत दिनुभयो । उपप्रमुख श्रेष्ठले जनप्रतिनिधिको प्रयासले मात्र वडा, नगर समृद्ध हुन नसक्ने हुँदा सबैको साथ र सहयोगबाट आफ्नो गन्तब्यमा पुग्न सफल हुने हुँदा सबैलाई सहयोगको भावनाबाट अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आफुले पाएको सुविधालाई वडा र नगरबासीलाई भरपुर प्रयोग गर्न सुझाव दिंदै चालक र सहचालकलाई मर्यादित भएर आफ्नो काम गर्न आग्रह गर्नुभयो ।

वडा अध्यक्ष संजय सिग्देलले ज्येष्ठ नागरिकले वडामा बस संचालन गर्न गरेको आग्रहलाई पूर्णता दिन सफल भएको बताउनु भयो । उहाँले कुनै पनि व्यवसाय संचालन गर्नु ठूलो कुरा नभएको र त्यसलाई संचालन गरी टिकाई राखि अघि बढ्न सक्नु नै महत्वपूर्ण कुरा भएको बताउनु भयो । अध्यक्ष सिग्देलले जनप्रतिनिधिको प्रयास र पहलबाट मात्र वडामा बसपार्क राख्न र बस संचालन गर्न सम्भव नहुने बताउँदै सम्पूर्ण वडाबासीको सहयोगले आज सफल भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा पाँचपोखरी सुनौलो यातायात प्रालिका संचालक अरुण श्रेष्ठले यातायात व्यवसाय संचालन गर्न त्यति सहज नभएकोले स्थानीय सरकार र सेवाग्राहीसँग दीर्घकालिन सहयोगको अपेक्षा आफुहरुको रहेको बताउनु भयो । उहाँले वडा ६ का जनप्रतिनिधिले बसपार्क निर्माण देखि यातायात संचालन गर्नमा ठूलो सहयोग पुर्याएकाले नै आज यहाँबाट बस संचालन गर्न सम्भव भएको उल्लेख गर्नुभयो । व्यवसायी श्रेष्ठले व्यवसाय संचालनको क्रममा कुनै समस्या आए चालक र सहचालकलाई नभनी सिधै आफुसँग आएर कुरा राखे समस्या तत्काल हल हुने पनि बताउनु भयो । उहाँले आफुहरुसँग ३० वटा बस रहेकोले सोही अनुरुप सेवाग्रहीलाई सेवा प्रदान गर्दै जाने पनि बताउनु भयो ।

पाँच पोखरी सुनौलो यातायात प्रालिले ईटाखेल, गुमाल्चोकी, थानकोट चेकपोष्ट, गुर्जुधारा, सतुंगल, नैकाप, कलंकी, स्वयम्भु, बालाजु, नयाँबसपार्क, महाराजगञ्ज, चक्रपथ, चावहिल, बौद्ध, जोरपाटी, दक्षिणढोका, थली, नयाँपाटी हुँदै सोही रुटबाट पुनः सोही रुट सेवा दिनेछ । उद्घाटनपछि जनप्रतिनिधि र स्थानीयले सोही बसमा यात्रा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?