२३ भाद्र २०८१, आईतवार

ताजा खबर

अमेरिकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी सहभागी हुदै

नागरिक पोष्ट

शुक्रबार, १ असार २०८१

2194 views

2194 views

अमेरिकामा हुने युवा नेतृत्वमा मदरल्याण्ड माविका ४ विद्यार्थी सहभागी हुदै

पोखरा । अमेरिकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ४ विद्यार्थी सहभागी हुने भएका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।

मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान सङ्कायमा अध्ययनरत रबिना पौडेल जान लागेका हुन् । उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् ।

 

विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिनेछन् । महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्य सुरक्षा, संस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्नेछन् ।

 

उनीहरुले २१ दिनसम्म अमेरिकामा रहेर अन्य देशका युवासँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउनेछन् । उनीहरु अमेरिकन सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेर सहभागी जनाउन लागेका हुन् ।

विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विद्यार्थीलाई पढाइ र सिकाई सँगै भए छिटो सिक्ने सक्ने बताइन् । उनले विद्यार्थीले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा लागेको बताउँदै सोही अनुसार नै विद्यार्थी छनौट भएको बताए । उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिरजवाफ, अतिरिक्त क्रियाकलाप गराउँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?