११ मंसिर २०८१, मंगलवार
ताजा खबर

ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी

नागरिक पोष्ट

शनिबार, २६ जेष्ठ २०८१

6206 views

6206 views

ताइवानविरुद्ध बदला लिने चीनको चेतावनी

काठमाडौं। चीनले ताइवानविरुद्ध बदला लिने चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति लाई चिङ तेले चीनलाई ‘विश्व शान्ति एवम् स्थायित्वका लागि सबैभन्दा ठूलो रणनीतिक चुनौती’ को संज्ञा दिएपछि चीनले उक्त चेतावनी दिएको हो ।

 

राष्ट्रपति लाईले एक सम्बोधनका क्रममा चीनलाई विश्वका लागि सबैभन्दा ठूलो चुनौती भएको भन्दै आफ्नो रक्षा गर्न अन्य लोकतान्त्रिक मुलुकहरुसँग सहकार्य गर्न तयार रहनुपर्ने उल्लेख गरेका थिए ।

उनको सो सम्बोधनपछि प्रतिक्रिया दिँदै चीनले ताइवानविरुद्ध ‘अपरिभाषित बदला लिने’ चेतावनी दिएको थियो ।

यसअघि चीनले लाई चिङ तेलाई समस्या उत्पन्न गर्ने बदमासको संज्ञा दिएको थियो । लाईले चीनलाई गणतन्त्र चीनको अस्तित्वको यथार्थलाई स्वीकार गर्न पनि आग्रह गरे ।

राष्ट्रपति लाईको सम्बोधनमा उनले चीनलाई ताइवानले कुनै पनि हालतमा आफ्नो स्वतन्त्रता गुम्न नदिने सन्देश दिएको रुपमा विश्लेषण गरिएको छ ।

स्वायत्त लोकतान्त्रिक राजनीतिक प्रणाली रहेको ताइवानलाई जनगणतन्त्र चीनले आफ्नै मुलुकको एक प्रान्तको रुपमा व्याख्या गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?