१५ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सिटिजन्स बैंकको रोचक भिडियोः खुत्रुके बचत योजना यसकारण छ महत्व

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

6325 views

6325 views

सिटिजन्स बैंकको रोचक भिडियोः खुत्रुके बचत योजना यसकारण छ महत्व

बालकदेखि बृद्धसम्मलाई बचत गर्ने बानी बसाल्ने उद्देश्यले सिटिजन्स बैंकले ल्यायो खुत्रुके योजना

२३ जेठ, काठमाडौं । सिटिजन्स बैंकको रोचक भिडियो सार्वजनिक भएको छ । स–साना खुद्रा पैसाको बचत गरी कसरी धनी बन्ने र त्यस्ता पैसाको बचतबाट समस्या पर्दा कति महत्व हुन्छ भन्ने सन्देशमुलक भिडियो बैंकले निकै मिहिनेतपूर्वक बनाएको छ । बैंकले हालै ल्याएको खुत्रुके बचत योजना यसकारण सबैका लागि महत्वपूर्ण हुन्छ भन्ने सन्देश उक्त भिडियोले दिन खोजेको छ ।


आजकल एक दुई रुपैयाँका नोट होस् वा ५ र १० वा २० कै नोटलाई अहिलेको जमानाका मान्छेहरूले खासै महत्व दिदैनन् । अझ आजकल त एक दुई रुपैयाँका नोट बजारमा भेट्टाउन पनि मुश्किल हुन थालिसक्यो । क्वाइनमा पाइने एक दुईका पैसा मन्दिरमा चढाउन वा माग्नेहरुलाई दिने काममा प्रयोग हुन थाल्यो । तर त्यही पैसालाई खुत्रुके भाँडो वा अरु केहीमा संकलन गरी एकमुष्ट जम्मा पारेर बैंकमा जम्मा गर्ने हो भने अहिले काम छैन भनिएको त्यही पैसा खाँचो हुँदा गर्जो टार्ने माध्यम हुन सक्छ भन्ने मनसायले सिटिजन्स बैंकले खुत्रुके योजनामार्फत बैंकिङ सचेतना अभियानकै रुपमा आफ्नो नयाँ प्रोडक्ट ल्याएको हो ।


सो सन्देशमा खुद्रा पैसा देखाउँदै एकजना सामान्य मानिस भन्छन्, हे भगवान १ यो पैसाको म के गरौं रु पोखरा घुम्न जाने कि दैला हान्ने रु यस्तै यस्तै रोचक कुराहरू समेटेर यो सन्देशमुलक भिडियो सार्वजनिक भएको हो । 

पैसाको महत्व सबैले बुझेका छन । पैसा बचत गर्नुपर्छ भन्ने ज्ञान पनि सबैमा हुन्छ । तर, भोलिदेखि गरौँला वा पछि गर्छु भन्ने सोच धेरैमा आउने गर्छ । पाँच रुपैयाँ, २० रुपैयाँ र ५० रुपैयाँ जम्मा गरेर के हुन्छ, एकैपटक जम्मा गरौँला भन्ने सोचले गर्दा धेरैले चाहेर पनि पैसा बचत गर्न सकिरहेका हुँदैनन् । ग्राहकहरूको यही बानीमा सुधार ल्याउन वित्तीय क्षेत्रको अग्रणी बैंक सिटिजन्स बैंक इन्टरनेशनलले खुत्रुके योजना सार्वजनिक गरेको छ ।   

यो योजना ल्याएपछि ग्राहकहरूमा सानो सानो रकम पनि जम्मा गर्ने बानी बस्ने बैंकको भनाइ छ । बैंकले ग्राहकहरूको सहजताको लागि नयाँ नयाँ योजनाहरू ल्याउने क्रममा खुत्रुके योजना ल्याएको हो । खुत्रुके योजनाले ग्राहकहरूको परिवारमा सानो सानो रकम जम्मा गर्ने र त्यसमा जम्मा भएको रकम सुरक्षित रुपले बैंकमा जम्मा हुन आउने बैंकको उद्देश्य छ । 

घरमा अन्य तरिकाले पैसा जम्मा गर्दा हराउने र चोरी हुने जोखिम बढी हुने सम्भावना रहन्छ । तर, बैंकको खुत्रुके योजना अनुसार रकम जम्मा गर्दा सुरक्षित रहन्छ । यसका लागि खुत्रुके योजना अनुसार सिटिजन्स बैंकमा खाता खोलेर नै पैसा जम्मा गरौँ भन्ने बैंकको भनाइ छ । बैंकले जनचेतनाका लागि भिडियोमार्फत यस सम्बन्धी सन्देश पनि प्रवाह गरेको छ । 

उक्त भिडियोमा एक व्यक्ति जसले लामो समयदेखि खुत्रुकेमा जम्मा गरेको रकमले पोखरा घुम्न जाने, नयाँ हुडी र राम्रो जिन्स पाइन्ट लगाउने जस्ता योजना बनाइरहेको देखिन्छ । तर, विभिन्न कारणबस उनी सिटिजन्स बैंकको प्राङगणमा पुग्छन् । त्यसपछि उनलाई सिटिजन्स बैंकमा लगेर त्यो रकम जम्मा गर्ने विचार आउँछ । यो सन्देशले अहिलेका युवा पुस्ताहरूलाई पनि खुत्रुकेमा जम्मा गरेको पैसा बैंकमा खाता खोलेर राख्नुपर्छ भन्ने शिक्षा दिएको छ । भिडियाबाट सिटिजन बैंकले पुराना र नयाँ ग्राहकलाई घरमा परिवारका सबै सदस्यलाई सानो सानो पैसा जम्मा गर्न लगाउने र त्यसलाई बैंकको खाता लगेर जम्मा गर्दा सुरक्षित रहने र क्रमश्ः थपिँदै जाने सन्देश दिएको छ । 

बैंकमा बचत गर्दा बचतको सुरक्षा मात्र नभई त्यसमा ब्याज बापत केही पैसासमेत थप हुने र बैंकिङ कारोबारमा पनि बानी पर्ने भन्दै एक फरक किसिमको सन्देश दिन खोजिएको छ । यो भिडियोको सन्देश नै खुत्रुकेमा जम्मा पैसा बैंकमा लगेर जम्मा गर्नुपर्छ भन्ने जानकारी भिडियोमा दिइएको छ । बैंकका अनुसार पैसालाई घरमा राख्नुभन्दा बैंकमा जम्मा गर्नु उचित रहेको भन्ने सन्देश उक्त भिडियोमार्फत बुझाउन खोजिएको छ । 

सिटिजन्स बैंकका अधिकारीको भनाइअनुसार बचत गर्ने बानीले जीवनलाई सरल बनाउँछ । पैसा कति कमाइन्छ भन्दा पनि कमाएको पैसामध्ये कति बचत गरिन्छ, त्यो ठूलो कुरा हो । जब बचत गर्न जानिन्छ तब पैसाको कहिल्यै दुःख हुँदैन । त्यसैले बचत गर्ने बानी सानै उमेरदेखि सिकाउनुपर्छ । जसरी सानैदेखि बच्चालाई बिहान उठेर मुख धुन, दाँत माझ्न सिकाउँछौँ, त्यसरी नै बच्चालाई पैसा खर्च र बचत गर्न पनि सिकाउनुपर्ने हुन्छ । बैंकले पनि यही उद्देश्य राखेर खुत्रुके योजना ग्राहकहरू माझ ल्याएको हो । 

रकम जम्मा गर्न सिकाउने र उचित क्षेत्रमा लगानी गर्न सिकाउने जिम्मेवारी बैंकको पनि हो । यो जिम्मेवारी पुरा गर्न ल्याइएको खुत्रुके योजना प्रभावकारी बन्ने र बच्चादेखि बृद्धसम्ममा पैसा बचत गर्ने बानी बसाल्ने सिटिजन्स बैंकको भनाइ छ । खुत्रुकेले सुरुवाती जिन्दगीको अनुभव वा घरको माहोलमा पैसा जम्मा गर्ने बानीको विकास गर्छ । यस्तो बानी विकास गर्न खुत्रुके एउटा राम्रो विकल्प हो । बच्चासँग भएको अलिकति पैसा खुत्रुकेमा हाल्नुपर्छ, बचत गर्नुपर्छ भन्ने बानी बस्यो भने त्यो जीवनपद्धतिकै रूपमा विकास हुन्छ । त्यसैले खुत्रुकेको प्रचलन निकै वैज्ञानिक र उपयोगी हुने बैंकको भनाइ छ । 

खर्च गर्ने तरिका सिकाइयो भने बचत पनि हुन्छ भन्ने उद्देश्य बैंकको छ । सिटिजन्स बैंकले ल्याएको यो योजनाले परिवारको मासिक वा वार्षिक खर्चको योजना बनाउने, वित्तीय साक्षरता विकास गर्ने, घरमा आम्दानी कहाँबाट हुन्छ, खर्च कुन–कुन ठाउँमा हुन्छ, बच्चाको पढाइमा कति खर्च लाग्छ र बचत कसरी गर्ने लगायत कुरामा ग्राहकलाई सिकाउँछ । यसरी घरमा अभिभावकले गरेको खर्च व्यवस्थापनको कुराले बच्चाले पनि अनावश्यक कुरामा खर्च गर्न हुँदैन, खर्च कटौती गरेर बचत गर्नुपर्छ भन्ने कुरा सिक्छ । यसबाट ऊ वयस्क भएर कमाउने भएपछि पनि खर्च र बचत गर्ने कला अपनाउन सक्ने बैंकका कर्मचारीको भनाइ छ । 

यो योजनाले पैसासँगै डिजिटल मुद्राको महत्व पनि सिकाउने बैंकको भनाइ छ । आधुनिक प्रविधिसँगै डिजिटल पेमेन्ट र मुद्राको प्रचलन बढिरहेको छ । नयाँ पुस्तालाई यसबारे जानकारी भए पनि ज्येष्ठ नागरिक र बच्चालाई यसबारे जानकारी कम हुने भएकाले खुत्रुके योजनाले आफ्ना ग्राहक माझ राम्रो सन्देश जाने बैंकको अनुमान छ । अझै पनि पैसा भनेपछि नोट सम्झिने चलन छ । तर अहिले पैसाभन्दा डिजिटल मुद्राको प्रयोग बढी छ, यस्तोमा अभिभावकले आफ्ना बच्चालाई पनि डिजिटल मुद्राको बारेमा पनि आवश्यक ज्ञान दिनुपर्छ । यसका लागि सानो सानो पैसालाई खुत्रुकेमा जम्मा गर्ने र धेरै भएपछि बैंकमा लगेर जम्मा गर्दा डिजिटल माध्यमबाट कारोबार गर्न सकिन्छ भन्ने शिक्षा ग्राहकमा पुर्याउन यो योजना ल्याइएको बैंकको भनाइ छ । 

बैंकले पनि घरमा खुत्रुकेमा जस्तै पैसा जम्मा गर्न सकिने गरी खाताको व्यवस्था गरेको छ । घरमा थोरै थोरै जम्मा गर्ने बानीलाई बैंकसम्म पुर्याउँदा सुरक्षित रहन्छ र अनावश्यक खर्च पनि कम हुन्छ । सिटिजन्स बैंकमा बचत खाता खोल्दा ३।२५ प्रतिशत देखि ५।२५ प्रतिशतसम्म ब्याज पाउने व्यवस्था छ । कम्पनीले हालसम्म देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?