१९ चैत्र २०८१, बुधबार
ताजा खबर

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

9283 views

9283 views

सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गत वैशाख १८ गते भएको आगलागी बाट पिडित परिवारलाई उक्त सहयोग गरेको हो ।  

घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएपनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ ।  


पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा  पाल, सारी तथा गम्छा रहेको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?