सोमबार, १४ जेष्ठ २०८१
8637 views
8637 views
काठमाडौं : सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।
बुधबार (जेठ १६ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी भदौ ११ गते परिपक्व हुनेछ ।
१८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी मंसिर ११ गते परिपक्व हुनेछ । १ वर्षको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ ४ गते परिपक्व हुनेछ ।