९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

मधेश तराई भाइब्रेन्ट  बनाउने खोज

नागरिक पोष्ट

मंगलवार, ८ जेष्ठ २०८१

10388 views

10388 views

मधेश तराई भाइब्रेन्ट  बनाउने खोज

रामकृष्ण पोखरेल 

काठमाण्डौँ  । नेपालको भुभागले अनादिकाल देखिको इतिहास बोकेको छ । यो हिमालको उत्थान पश्चातनै नेपालको भुखंड निर्माण हुदैं गर्दा नेपाललाई त्रिखंडिय भागमा बिभाजन भएको पाईन्छ । यस त्रिभागिय खण्डलाई हिंमत्व देश, पहाड देश र मधेश देशको नामले तत्कालीन समय देखिनै चिनिने गरिन्थ्यो । नेपालको त्रिखंडिय भुभागलाई राजा पृथ्वी नारायण शाहले पनि आफ्नो शासनकालका चौदंडिहरूलाई यी नै तीन खण्डलाई एकाकार गर्ने हिसाबले शासन प्रशासन चलाउने गरेका थिए । तत्कालिन राणा शासकहरूले पनि हिमाल, पहाड र मधेश तराई क्षेत्रलाईनै आधार मानि आफ्नो प्रशासनिक भुगोल विभाजन गरी मालपोत, कर, जमीन जंगल र जनताको उचित ब्यवस्थापन गरेका थिए । यसलाई मुलकी ऐनमा समेत ब्यवस्था गरेका थियो । नेपालको वर्तमान संघीय संविधान पश्चात विभाजन गरिएको ७७ जिल्लाहरू मध्ये २१ जिल्लाहरू मधेश तराईमा भुखण्डमा पर्छ ।


नेपालको भुभाग भई उत्तर दक्षिण बग्ने ठुला ठुला नदीहरूको जलासय ( basin) लाई नौ वटा जलासय क्षेत्रमा विभाजन गरिएको छ । जस्मा कन्काई बेसिन, कोशि बेसिन, कमला बेसिन, बागमती बेसिन, गडंकि बेसिन, पश्चिम राप्ती बेसिन, बबई बेसिन,कर्णली बेसिन र महाकाली बेसिनमा उत्तर बाट बग्ने पानी मधेश तराईको समथल भुभाग भएर हाम्रो छिमेकी देश भारतका नदिहरूमा समाहित हुने गर्दछन । 


यस अर्थमा नेपालको यी नौ वटा जलासय ( basin)  क्षेत्रका २१ जिल्लामा बसोवास गर्ने गरेका नेपालीहरूको कुल जनसंख्या एक करोड उन्नचालिस लाख रहेको छ । यस २१ जिल्लाका जनसंख्यामा मधेश प्रदेशका आठ जिल्लाका ६१ लाख मानिसहरु पनि जोडिएका छन  ।नेपालको कुल २२ लाख २० हजार हेक्टर ( ३३ लाख बिघा) जमिन मध्ये १८ लाख हेक्टरमा मात्र खेती हुने गरेको पाईन्छ । यो १८ लाख हेकटर खेती योग्य जमिन मध्ये झण्डै १४ लाख हेक्टर ( २१ लाख बिघा) जमिन मधेश तराईका २१ जिल्ला स्थित नौ वटा नदि जलासयहरू (च्ष्खभच द्यबकष्ल) मा पर्ने गर्द छ । 


यी माथि उल्लेख गरिएका बेसिनहरुमा घान, गहुं, मकै, कोदो फापरका खेतीहरू परंम्परागत तरिका बाटनै गरि आएको देखिन्छ । यी भनिएका बालीहरुमध्ये धान खेतिले ८० प्रतिशत भाग ओगटेको छ । नेपालको धान उत्पादन हाम्रो  छिमेकी देश भारत चीन बंगलादेश अझ पाकिस्तान भन्दा पनि तल रहेको छ ।  भारतमा  ५ः२५ टन प्रति हेक्टर रहेको छ भने चीनको ६ः५० टन प्रति हेक्टर, बंगलादेशको ४ः७२ टन प्रति हेक्टर छ भने अर्को दक्षिण एशियाई देश पाकिस्तानको ३ः६० टन प्रति हेक्टर धान उत्पादन गर्दै गर्दा नेपालको जम्मा जम्मी २ः२८ टन प्रति हेक्टर मात्र धान उत्पादन  हुने गर्दछ । यस अंशमा नेपालको कृषि प्रणालीमा धेरै प्रकारका कमजोरीहरू रहेको अनुमान गरिन्छ । नेपालका नदिका जलासयहरू ( River Basin ) बाट भारतको भुभागमा बग्ने पानी र हिमालबाट बग्ने चिसो हावा उतै तिर लाग्ने गर्दछ । नेपालको बेसिनबाट बगेका पानी र हबाले भारतीय भुमीमा प्रति हेक्टर ५ः२५ टन धान उत्पादन गर्दै गर्दा नेपालमा जम्मा जम्मी २ः२८ टन प्रति ह्क्टर धान उत्पादन गरि बर्षेनी झण्डै पांच लाख टन विदेशबाट विदेशि मुद्रा खर्चिएर चामल आयात गर्नु परेको छ । मधेश तराईका नदी जलाशयहरूबाट सिंचाई गरि दक्षिण एशियाई देश – बंगलादेशको हारा हारि मात्र पनि धान उत्पातन गर्ने सके झंडै प्रति हेक्टर २ः४५ टन धानको उत्पादन बढाउन सकिन्छ । नेपालले करिब ३४ लाख टन धान उत्पादन थप गरि २५– ३० लाख टन धान विदेश निर्यात गर्न सक्ने अनुमान गरिएको छ । यो निर्यातको आयातन बढाउन कम्तिमा पाँचदेखि सात बर्षमा गर्न सकिन्छ भन्ने अनुमान यस क्षेत्रमा कार्य गर्ने गरेकाको सुझाव रहेको छ । योजना निर्माणकर्ता र राजनितिक नेत्रृत्वमा रहेकाहरूको ईच्छा शक्ति र ईमान्दार प्रयासको आवश्यकता रहेको छ ।


नेपालको शिवालिक क्षेत्रमा रहेको चुन ढुंगा जुन मधेश र तराईका भुभागमा फैलिएर रहेका छन त्यसको उपयोग सिमेन्ट उत्पादन गर्ने कार्य सन १९७० को दशकमा वैदेशिक लगानीमा तत्कालिन सरकारहरूले सिमेन्ट कारखाना स्थापना गरि सुरूवात गर्दै गर्दा २०४८ सालको आर्थिक उदारीकरण नीतिले निजी क्षेत्रका लगानीकर्ताहरू समेत हौसिएर साना मझौला सिमेन्ट कारखानाहरू स्थापना सुरु  गरेका हुन । तर नेपालको सरकारको अस्थिर नीति र पटक पटक सरकारले कोल्टे फेर्ने कारणबट जम्मा जम्मी एक करोड २० लाख टन बर्षेनि सिमेन्ट उत्पादन हुने गरेको पाईन्छ । नेपालमा झण्डे दुई अरब पच्चास करोड टनको चमन ढुंगाको भण्डारण रहेको अनुमान गरिएको छ । 
यो शिवालिक क्षेत्रको चुन ढुंगााको भण्डारणलाई सिमेन्ट उत्पादनमा प्रयोगमा ल्याउन सके झंडै ७५– १०० बर्ष सम्म सिमेन्ट उद्योग नेपालमा चलायमान रहने अनुमान गरिन्छ । अहिले उत्पादन भई रहेको सिमेन्टको एक करोड बिस लाख टनलाई दोब्बर गरि दुई करोड चालिस लाख टन आगामी ७– १० बर्षमा पु¥याउन सके सिककमेन्ट कारखानाहरूले एक लाख मानिसलाई प्रत्यक्ष रोजगार दिइ तीन देखि पाँच लाख मानिसलाई सिमेन्ट ब्यपार र यस्को ब्यवस्थापन तिर उन्मुख गराउन सकिने अनुमान गर्न सकिन्छ । 


नेपालका ३०– ३५ लाख मानिस वैदेशिक रोजगारमा विदेशिएका छन । यो संख्या आउँदा बर्षमा अझ बढ्ने अनुमान गरिएको छ । यो वैदेशिक रोजगारमा गएका मध्ये मधेश तराईका नौ वटा नदी जलासय क्षेत्रमा बसेका १५–२० लाख मानिस विदेशिएका छन् । यी विदेशिएका मौसमी काम गर्न र लामो अवधिका लागी रोजगारीमा गएका हुन । विश्वका कुनै पनि भागमा द्वन्द र हिंसा भएमा नेपालबाट वैदेशिक रोजगारमा गएकाहरू कुलेलाम ठोकेर नेपाल भित्रिने छन । यसको कुराका लागी दुरगामी सोच र धेय भएका नेता नेत्री, इमान्दार एवं कर्मठ योजनाकार र विज्ञ र विषेशज्ञ्यहरलाई अगाडी सार्न सक्नु पर्छ । 


नेपालको आउँदा दिनको भयावह अवस्था र परिवेशलाई नियालेर हेर्दै गर्दा मधेश तराई भुभाग (खण्ड) चलायमान ( Vibrant )बनाउन जरुरी छ । बिगतमा मधेश तराई भुभागका राजनितीक नेताहरूले सत्तामा जाने र हालिमुहाली गर्ने गरेको पाईएको छ । यस अर्थमा जोश र जांगर भएका ईमान्दार र कर्मठ नयां शक्तिको आवश्यकता छ । यसलाई पुरा गर्न सक्ने केहि दुगामी सोच र ध्येय भएका राज नेता र कर्मठ ईमान्दार विज्ञहरूको हलचल गर्ने गरेको देखिएको छ । 


मधेश तराई खण्डमा कृषि विकासको अवसर, पशुपालनका लागी नश्ल सुधारको ब्यापक कार्य योजना, धान बाली देखि रैथाने अन्न बालीको लागी प्रविधि भित्राउने कानुन, शिवालिक क्षेत्रमा रहेको चुन ठुंगांको उपयोगमा विस्तारलाई अवरोधक रहेका कानुनहरूमा ब्यापक सुधारको खाँचो रहेको छ । मधेश तराई भुखंडको संस्कृति, खाना खजाना, मनोरंजनात्मक सैरको सम्वर्धन र प्रचार प्रसारको आवश्यक्ता छ । यस खण्डलाई खष्दचबलत बनाउन । कुनै पनि देश यस्को भु-भागलाई आर्थिक, राजनितीक र सामाजिक रुपमा जलायमान ( vibrant) बनाई जनताको जिवन स्तर उकास्न नेता र नीतिको आवश्यक्ता हुन्छ । यस अर्थमा मधेश तराईको भुखण्डामा दुरगामी सोच भएका इमान्दार नेताको खडेरीनै लागेको हो त ! 
(पोखरेल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?