१० कार्तिक २०८१, शनिबार

ताजा खबर

ओलीको आग्रह :-कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ

नागरिक पोष्ट

मंगलवार, ८ जेष्ठ २०८१

6512 views

6512 views

ओलीको आग्रह :-कांग्रेसले आफूलाई परिवर्तन गर्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । उनले भने, ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।’


अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भने ।

अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?