१२ मंसिर २०८१, बुधबार
ताजा खबर

मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

नागरिक पोष्ट

मंगलवार, ८ जेष्ठ २०८१

4319 views

4319 views

मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती, गण्डकी र कणरली प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू(भागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । वाग्मती, गण्डकी र कणरली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।


विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू(भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


कोसी, कणरली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?