१२ मंसिर २०८१, बुधबार
ताजा खबर

चट्याङ लागेर ११ जनाको मृत्यु

नागरिक पोष्ट

शुक्रबार, ४ जेष्ठ २०८१

6393 views

6393 views

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार पश्चिम बंगालको मालदा भन्ने गाउँमा ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर कैयौँ घाइते भएका छन् । मुख्यमन्त्री ममता बनर्जीले मृतकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

पश्चिम बङ्गाल सरकारले पीडित परिवारलाई २ लाखका दरले क्षतिपुर्ति दिने घोषणा गरेको छ । साथै घाइते उपचार खर्च व्यहोर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?