८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा बजेट खर्च ६०.३५ प्रतिशत

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

4200 views

4200 views

आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा बजेट खर्च ६०.३५ प्रतिशत

काठमाडाैं, ३ जेठ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएकाे छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत मात्र खर्च भएकाे हाे ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।

यस अवधिमा चालुतर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत अर्थात सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख, पुँजीगत तर्फ ३७ दशमलव ०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार र वित्तीय व्यवस्था तर्फ ६२ दशमलव ६ प्रतिशत अर्थात एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?