८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

3418 views

3418 views

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं ।  भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका(९ घर भई काठमाडौं तारकेश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका(८ घर भई काठमाडौं टोखा नगरपालिका(६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु बिक रहेका छन् ।


 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका(६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । 

उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । 


पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?