८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

नागरिक पोष्ट

बिहीबार, ३ जेष्ठ २०८१

4642 views

4642 views

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै विमानस्थल पुगेर गृहमन्त्री लामिछानेले विमानस्थलको अनुगमन  गरेका हुन् । लामिछानेले प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, अध्यागमन र प्रहरी कार्यालय, भन्सार जाँच पास, लगेज व्यवस्थापन लगायत क्षेत्रको अनुगमन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ(आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?