८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढ्यो

नागरिक पोष्ट

बुधबार, २ जेष्ठ २०८१

4948 views

4948 views

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढ्यो

काठमाडौं, २ जेठ । आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु।२२२ अर्ब २१ करोड ९४।६ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु।१६१ अर्ब ९८ करोड ९३।५ प्रतिशत० ले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४।९ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२।७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७।३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४।१ प्रतिशत र ३५।९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४।७ प्रतिशतले, विकास बैंकहरुको ४।२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५।५ प्रतिशतले बढेको छ ।

२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११।४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० सुरक्षणको रुपमा रहेको छ भने ६७।६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२।३ प्रतिशत र ६६।९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०।७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८।८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८।७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११।० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३।८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४।९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ५।७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७।८ प्रतिशतले, नगद प्रवाह कर्जा २७।४ प्रतिशतले, रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ६।९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२।९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३।७ प्रतिशतले ९पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत०, ट्रष्ट रिसिट ९आयात० कर्जा ०।२ प्रतिशतले र हायर पर्चेज कर्जा १६।९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?