८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

आज पनि एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक

नागरिक पोष्ट

बुधबार, २ जेष्ठ २०८१

4880 views

4880 views

आज पनि एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।


ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको छ ।

बुधबार ती समूहका नेताहले छलफलको निष्कर्षबारे बैठकमा प्रस्तुत गर्नेछन् भने त्यसपछि निणर्य पारित गर्दै केन्द्रीय कमिटीको बैठक समापन हुने सो पार्टीले जनाएको छ । एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?