८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सोफा हब काठमाडौका प्रवन्ध निर्देशक धरेल सम्मानित

नागरिक पोष्ट

आईतवार, ३० बैशाख २०८१

5254 views

5254 views

सोफा हब काठमाडौका प्रवन्ध निर्देशक धरेल सम्मानित

काठमाडौ । सोफा हब काठमाडौका प्रवन्ध निर्देशक तारालाल धरेल “राष्ट्रिय सेवा सम्मान २०८१” बाट सम्मानित भएका छन् ।

शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच धरेललाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?