८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

कृतिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी दोस्रो सम्मेलन

नागरिक पोष्ट

शनिबार, २९ बैशाख २०८१

7124 views

7124 views

कृतिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी दोस्रो सम्मेलन

२९ वैशाख २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ

कृतिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपाल पनि एक हो । यस संस्थाले सन् २००७ देखि विभिन्न कारणले शरीरका हात, खुट्टा गुमाएका तथा शरीरका अङ्गहरू कमजोर भएर सहज महसुस गरेका व्यक्तिहरूका लागि कृतिम अङ्ग तथा सहायक सामाग्रीहरू निर्माण गरेर उपलब्ध गराउँदै आएको छ ।

 

यसै क्रममा हिजो कृतिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालले यु.एस.आइ.डी र ह्यान्डिक्याप इन्टरनेशनलको सहकार्यमा काठमाडौँमा दोस्रो कृतिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी सम्मेलनको (Prosthetics Orthotics  Conference 2024 ) आयोजना गर्यो ।  

 

सो सम्मेलनको उद्घाटन् गर्दै प्रमुख अतिथि एवं स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले कृतिम सामाग्री तथा सहायक उपकरण उत्पादनका साथै परामर्श सेवालाई पनि प्राथमिकता दिनु पर्ने, यस विषयमा वकालत तथा पैरवी गर्नु पर्ने बताउनु भयो ।

 

उसै क्रममा ह्यान्डिक्याप इन्टरनेशनलका कार्यकारी सह-राष्ट्रिय निर्देशक मदनराज जोशीले प्राविधिक सहयोग राष्ट्रिय स्तरमा नै उपलब्ध हुनु पर्ने भन्दै कृतिम अङ्ग तथा सहायक उपकरण उत्पादन तथा करमा राज्यको ध्यान जानु पर्ने कुरामा जोड दिनु भएको थियो । 

 

कृतिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालले यु.एस.आइ.डी र ह्यान्डिक्याप इन्टरनेशनलको सहकार्यमा काठमाडौँमा आयोजना गरेको दोस्रो कृतिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी सम्मेलन (Prosthetics Orthotics  Conference 2024 ) मा  स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.प्रशन्न नापितले  Prosthetics Orthotics  सेवा स्वास्थ्य भित्र पर्ने भएकोले स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भीर भएर काम गर्ने बताउँदै पुनर्स्थापना सेवा आवश्यक हुने व्यक्तिहरूको गमनशीलता तथा पहुँचमा आवश्यक कृतिम अङ्ग तथा सहायक सामाग्रीहरू उपलब्ध गराउन राज्यले कदम चाल्नु पर्ने बताउनु भयो ।

 

त्यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका फिजियोथेरापिष्ट उपप्रमुख निष्ठा श्रेष्ठले नेपालको स्वास्थ्य  प्रणालीमा पुनर्स्थापनाका सेवाहरू एकीकरणका सम्बन्धमा कार्य पत्र प्रस्तुत गर्दै नेपालमा २७.७ प्रतिशतलाई पुनर्स्थापना सेवा अन्तर्गत कृतिम अङ्ग तथा सहायक सामाग्री आवश्यक भएको तर ९.७ प्रतिशतले मात्रै उक्त सेवा प्राप्त गरेको बताउनु भयो । 

 

 

आयोजक संस्था कृतिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालका अध्यक्ष शुकदेव पौडेलले अपाङ्गता भएका व्यक्तिहरू तथा पुनर्स्थापना सेवा आवश्यकता हुने व्यक्तिहरूलाई कृतिम अङ्ग वा सहायक सामाग्रीहरूको विषयमा जनचेतना जगाउने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको भन्दै उहाँले नेपालमा अङ्ग तथा सहायक उपकरण निर्माणका लागि दक्ष प्राविधिकहरूको संख्या न्यून रहेको हुनाले अबका दिनमा राज्यले  Prosthetics and  Orthotics  Center को आवश्यकता रहेको भन्दै यस विषयमा राज्यले ध्यान दिनु पर्ने बताउनु भयो ।

 

यस सम्मेलनमा नेपालमा अपाङ्गता पुनर्स्थापनामा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुका साथै अन्तराष्ट्रिय प्रतिनिधिहरुको पनि उल्लेनिय सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?