८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

काठमाडौं जेसिजको जेसिज सप्ताह शुभारम्भ

नागरिक पोष्ट

शुक्रबार, २८ बैशाख २०८१

5237 views

5237 views

काठमाडौं जेसिजको जेसिज सप्ताह शुभारम्भ

काठमाडौं । देशकै पहिलो प्रतिष्ठित जेसिज शाखा काठमाडौ जेसीजले हरेक बर्ष झै गर्दै आएको जेसिज सप्ताह  बिहीबारदेखि शुभारम्भ गरेकको छ ।


पहिलो दिनको कार्यक्रम काठमाडौको टोखा नजिकै रहेको "हाम्रो बाल संरक्षण धरोहर नेपाल "नामक संस्थामा खाद्यान्न लत्ताकपडा  ,सिलाईको मेसिन, तथा नगदसहित  आर्थिक सहयोग गरेको छ ।
कार्यक्रम मा काठमाडौ जेसिजका अध्यक्ष एन्जीला खड्का  उपाध्यक्ष नारायण  आचार्य, महासचिव श्याम कुमार  घिमिरे कोषाध्यक्ष करूना थापा,  सदस्य अर्जुन गौतम लगायतको उपस्थिती रहेको थियो।


कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष खड्का ले आफु सदैव समाज सेवा गर्न रुचाउने, आगामी दिनमा अझै बढी  सेवा मुलक कार्यमा लागी रहने बताउनुभयो।

महासचिव श्याम कुमार  घिमिरेले व्यक्तिगत तथा संस्थागत रूपमा आफु सधै यस्ता प्रकार का सामाजिक कार्यमा लागीरहने बताउनु भयो ।विभिन्न कार्यक्रम सफल रुपमा सम्पन्न गर्नका लागि जेसिज आवद्ध सबै सदस्यहरु सक्रिय रहन आग्रह गर्नुभएको थियो ।

संस्थाको संचालिका बिनीता अर्यालले सहयोगी मनलाई  धन्यवाद  दिदै  आगामी दिनमा पनि बालबालिकाको लागि सबैलाइ  सकेको सहयोग गर्न समेत अपिल गरिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?