८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

ट्रयान्क्युलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीबाट ‘स्पा थेरापिष्ट’ तालिम लिनेलाई रोजगारीको ग्यारेन्टी

नागरिक पोष्ट

बिहीबार, २७ बैशाख २०८१

4710 views

4710 views

ट्रयान्क्युलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीबाट ‘स्पा थेरापिष्ट’ तालिम लिनेलाई रोजगारीको ग्यारेन्टी

काठमाडौं। काठमाडौं कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ट्रयान्क्युलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीबाट ‘स्पा थेरापिष्ट’ तालिम लिनेलाई रोजगारीको ग्यारेन्टी हुने भएको छ ।

यस एकेडेमीले हाल रोजगारीको ग्यारेन्टी सहित ३ महिने ‘स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खुलेको समेत जनाएको छ। एकेडेमीले ‘स्पा थेरापिष्ट’ को अलावा विभिन्न ब्युटी सम्बन्धि तालिमका लागि नयाँ भर्ना खोलेको हो।

एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले यहाबाट तालिम लिएका  कोही पनि वेरोजगार बस्नु नपरेको दाबी गरेका छन। सन २००९ मा स्थापित ट्रयान्क्युलिटी ब्युटी एकेडेमी र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी नाममा संचालन भएको छ ।

नेपालको स्पा तथा वेलनेश जगतमा सबैभन्दा ठूलो र स्तरीय स्पा क‍‍म्पनीका रुपमा परिचित ट्रयान्क्युलिटी स्पा प्रा।लि।को भगिनी संस्थाका रुपमा स्थापना भएको ट्रयान्क्युलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीले हालसम्म १५०० जना भन्दा बढि स्वदेशी र ३०० जना भन्दा बढि विदेशीलाई स्पा थेरापिष्ट सहित विभिन्न तालिम दिइसकेको कार्यकारी निर्देशक सुरेश पुरीले बताए ।


ब्युटी एण्ड स्पा एकेडेमीका ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले अहिलेको आवश्यकता अनुसार ६ दिन देखि एक वर्ष सम्मको तालिमको डिजाइन गरिएको बताए । एकेडेमीले तालिम र रोजगारको आवश्यकता भएकाहरुलाई बैकिङ कर्जा तथा जब ट्रेनिङको समेत व्यवस्था गरिएको उनले बताए।

स्पा एकेडेमीले स्वीजरल्याण्ड, थाइल्याण्ड, दुबई, भारत लगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रहरूबाट तालिमप्राप्त, अनुभवी एवं दक्ष प्रशिक्षकका साथै आयुर्वेद चिकित्सक ऐश्वर्य श्रेष्ठबाट प्रशिक्षण गराइरहेको बताइएको छ।


तालिमप्राप्त जनशक्तिको उच्च माग र आवश्यकतालाई मध्यनजर गर्दै यस स्पा एकेडेमीले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउन्डेसन कोर्स तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्ट जस्ता कोर्सहरु डिजाइन गरि सुरुवात गरेको छ।

स्पा एकेडेमीबाट तालिम लिए पश्चात स्वरोजगार तथा व्यावसायिक सुरुवात गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेहरुले आकर्षक तलबसहित सम्मानजनक जागिर पाउन सहज हुने एकेडेमीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?