८ कार्तिक २०८१, बिहीबार

ताजा खबर

सनवे कलेजले पाँच दिने निःशुल्क एआई क्र्यास कार्यशालाको गर्ने

नागरिक पोष्ट

बुधबार, २६ बैशाख २०८१

6767 views

6767 views

सनवे कलेजले पाँच दिने निःशुल्क एआई क्र्यास कार्यशालाको गर्ने

काठमाडौं । सनवे कलेजले पाँच दिने निःशुल्क एआई क्र्यास कार्यशाला गर्ने भएको छ ।  ं१२ कक्षाका विद्यार्थीहरूका लागि विशेष रूपमा तयार पारिएको आर्टिफिसियल इन्टेलिजेन्स  (AI)  कार्यशालाा २०८० बैशाख ३१ देखि निःशुल्क रुपमा ५ दिनसम्म चल्नेछ । कार्यशाला १०हप्तासम्म निरन्तर चल्नेछ र हरेक सोमबारबाट विद्यार्थीहरूको नयाँ ब्याच हुनेछ।

पाँच दिने कार्यशालाले देशभरका विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ताको लागि एआइ को आधारभूत अवधारणाहरू लाई प्रयोगात्मक रुपमा सिक्ने अवसर प्रदान गर्ने छ । विद्यार्थीहरूले प्रत्यक्ष रुपमा प्रयोगात्मक शैलीबाट एआइए का बिभिन्न सामाग्री संग खेल्न पाउने र संगै संलग्न भएर कम गर्ने छन् । एआई भाषाका मोडेलहरुबाट नया र अद्भुत नतिजा निकाल्ने तरिका सिक्न पाउने छन्  त्यस्तै यस प्रयोगात्मक वर्कसपमा प्रत्यक्ष संलग्न भएर विद्यार्थीहरूले चालक बिहिन गाडी (रोबोटिक भेइकल) बनाउने जस्ता गतिबिधमा आफुलाई निखार्न पाउने अवसर प्राप्त गर्ने छन्  ।

यो पाँच(दिने एआइ वर्कसप निःशुल्क संचालन हुने र विद्यार्थीहरु जुनसुकै संकाय  (बिज्ञान, ब्यबस्थापन, मानविकी)  बाट सबै जनाले भाग लिन पाउनेछन्  भनेवर्कसपमा सहभागी सम्पूर्ण विद्यार्थीहरुले अन्तिम दिनमा एआइ प्रमाणपत्र प्राप्त गर्ने छन् ।

आजको युगमा ब्क्ष् आधुनिक समयको आधारशिलाको रूपमा खडा छ  । एआई को सीपले रोजगारीमा टेवा दिनुको साथै विद्यार्थीहरुको दैनिक ज्ञान हासिलमा मूर्त रूप दिन्छ। सनवे कलेज काठमाण्डौले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको सहकार्यमा ४ बर्षे ब्याचलर डिग्री एआई र डाटा साइन्स मा  प्रदान गर्दछ। यस पाँच दिने वर्कसपमा सहभागी सबै विद्यार्थीहरुले सत प्रतिशत एआई छात्रवृत्तिको अवसर प्राप्त गर्ने छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?